नेता र व्यापारीको हार ईन्जिनियरको जित

 दैलेख सदरमुकामबाट जाने भन्ने तर भित्रि चाहना चुप्राबाट सडक लिने कुराको पर्दाफास भएपछि अहिले दैलेखमा रहेका नौ वटा राजनीतिक दल सँगै यहाँ रहेका व्यापारीहरुलाई समेच चुनौती थपिएको छ ।
    आफ्नो नजिकबाट भएर सडक गएको खण्डमा त्यसको उपयोग र फाईदा लिने ईच्छा र चाहना जो कोहीलाई हुनु स्वभावीक हो । सरकारको क्याबीनेटले समेत दैलेख   सदरमकाुमबाटै भएर जानुपर्ने कुरालाई मुख्य प्राथमिकताका साथ राखेको मध्यपहाडी   राजमार्गको अहिलेसम्म निकाश आउन नसक्नुमा आयोजना भित्रका कर्मचारीहरुको मिलोमत्तो भएको कुरा बाहिर आईसकेको    छ ।
    अहिलेसम्म आयोजनाका पदाधिकारीहरुले बास्तवीक कुरा नदेखाउनु, यहाँका दल र सभासदहरुले गरेको निर्णयको एउटा कर्मचारी र ईन्जिनियरले टाढै अस्विकार गर्दै खिल्ली उडाउँदै हिड्नुले कसको शिर कहाँ निहुँराएको छ बिश्लेषण गर्न सक्ने क्षमता भएकाहरुले बिचार गर्नुपर्ने देखिन्छ  ।
पछिल्ला दिनहरुमा देखिएको तमासाले दैलेखका नेता र व्यापारीहरुले मध्यपहाडीमा हारेको महसुस गर्नुपर्ने बेला आएको छ । विगत देखिनै भिन्न भिन्न दृष्टिकोणसँगै जनता उचाल्ने काममा खटिएका कर्मचारीहरुलाई नै अगाडी लगाएर दैलेखमा रहेका दल, स्थानीय प्रशासनले सदरमुकामको जुनसुकै स्थानबाट भएपनि मध्यपहाडी राजमार्गको निकाश निकाल्नुपर्ने देखिन्छ । तवमात्र यहाँका व्यापारीहरु र राजनीतिक दलहरुले जीतेको महसुस हुने देखिन्छ नत्र भने कसैको भित्रि राजनीतिक ईच्छा शक्ति र कुनै कर्मचारीको चाहनामा सिंगो सदरमुकामको भाग्य र भविष्य डुवाउन खोज्नु  पक्कै पनि राम्रो होईन दल र व्यापारीहरु अँझै गम्भिर हुनुपर्ने हो की ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार